बीपी कोरोना अपडेट : एक दीर्घरोगी महिला बितिन्

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले ज्यान गुमाएकी छिन् । कोरोना भाइरसबाट हुने कोभिड उन्नाइसका कारण उनको निधन भएको प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

स्थायी ठेगाना ताप्लेजुुङ भएकी २९ वर्षीया उनमा पहिल्यैदेखि नै विभिन्न रोगहरुसमेत रहेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यमा विभिन्न समस्याहरु देखिएपछि गत ३० कार्तिकमा प्रतिष्ठानमा भर्ना भएकी उनको बुधबार (हिजो) दिउँसो १ बजे निधन भएको सह प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले दिएको जानकारीअनुसार अस्पतालमा आजसम्म १ सय ७ जनाको निधन भएको छ ।

आजसम्मको कोभिडबारेको विवरण हेर्नुस्ः–

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977040103″ /]

प्रतिक्रिया