सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्याे ?

काठमाडाैं । आज (बिहीबार) सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

बुधबार छापावाल सुन तोलामा ९५ हजार १०० रुपैयाँमा खरिद-बिक्री भएकाे थियाे ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।चाँदीकाे मूल्य पनि बिहीबार घटेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया