लुकाकु चम्किदा डेनमार्कलाई पराजित गर्दै बेल्जियम फाइनलमा

काठमाडौं । नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै बेल्जियम फाइनल पुगेको छ । घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित दर्ता गरेको हो ।

बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १/१ गोल गरे । खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा टुंगियो ।

बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९ औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८६ औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे । खेलको ८७ औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन् ।

प्रतिक्रिया