युनाईटेड इन्स्योरेन्स (नेपाल)को नायब कार्यकारी सिइओमा उपासना

काठमाडौं । युनाईटेड इन्स्योरेन्स (नेपाल)को निमित्त कार्यकारी सिइओमा उपासना पौडेल नियुक्त भएकी छन् ।

इन्स्योरेन्स कम्पनीको गत कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि पौडेललाई निमित्त कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

निमित्त कार्यकारी अधिकृत पौडेलको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको बृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया