प्रदेश १ कोरोना अपडेट : ३६३ जना डिस्चार्ज हुँदा ४४० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ४४० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ काे सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा पछिल्लाे २४ घन्टामा ३६३ काेराेना संक्रमित उपचार पछि डिस्चार्ज हुँदा ४४० थपिएका हुन् ।
मन्त्रालयका अनुसार बुधबार मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११ र संखुवासभामा ५ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
त्यसैगरी पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् ।
मोरङको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनवर्षिमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यता सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति , कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १ जना संक्रमित फेला परेका छन् ।
संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५१६ पुगेको छ । प्रदेशमा बुधबार ३६३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ ।
प्रदेशमा बुधबार १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।









