‘नेकपा फुट्दैन, फुट्न दिइने छैन’

काठमाडौं । पूर्व कानूनमन्त्री तथा नेकपा सांसद शेरबहादुर तामाङले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिइने बताएका छन् ।

नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सामाजिक सञ्जाल फेसबूकमार्फत् यस्तो उल्लेख गरेका सांसद तामाङले थप लेखेका छन्–‘ नेकपा फुट्दैन, फुट्न दिइने छैन ।’

आजै दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

अहिले शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशमार्फत् पार्टी फुटाउने तयारी गरेको उनीनिकट केन्द्रीय सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया