मानहुँकोट जाँदै गरेको माइक्रोबस भिरबाट खस्दा एकको मृत्यु
२०७७ मंसिर ३ गते

सांकेतीक/प्रतिकात्मक तस्वीर।
दमौली । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।
उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ । रासस
२०७७ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








