विश्वमा ३ करोड ८९ लाखले जिते कोरोना, कतिले गुमाए ज्यान ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ८९ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ८९ लाख ५८ हजार ८०२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख ४३ हजार ११६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड ५९ लाख ३६ हजार ९०१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ५४ हजार २५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड १६ ख ९५ हजार ७११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५७ हजार २६१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ६१५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४७२ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ५३२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५९ लाख ११ हजार ७५८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६७६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ७४३ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया