क्रोएसियामाथि पोर्चुगलको जित, फ्रान्सद्वारा स्विडेन पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए३ को अन्तिम खेलमा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ । इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगल ३-२ ले विजयी भएको हो ।

अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको समूह ए थ्रीको पोर्चुगलका लागि रुबेन डियाजले दुई तथा सेक्वेइराले एक गोल गरे । क्रोएसियाका लागि मातेओ कोभासिकले दुई गोल गरे ।जितपछि समूहको दोस्रो स्थानमा रहेको पोर्चुगलको १३ अंक भयो । यस समूहको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि ४-२ को जित दर्ता गरेपछि क्रोएसिया रेलिगेसनबाट जोगियो ।

फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गरेको छ भने पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो । क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो ।

प्रतिक्रिया