मौसम बदलीसँगै चिसो बढ्योः आज लाग्ला त घाम ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो ।

अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंसिर ०३ गते (बुधबार)
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०४ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०५ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

प्रतिक्रिया