मंसिर ३ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर ०३ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्थी,५३ घडी २४ पला,रातको ०३ बजेर ५० मिनेट उप्रान्त पंचमी । नक्षत्र–मूल,२२ घडी ३३ पला,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–धृति । करण–वणिज,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ४४ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर २८ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर २९ मिनेटदेखी बिहान ७ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ४९ मिनेटदेखी बिहान ९ बजेर ०८ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ०९ मिनेटदेखी बिहान १० बजेर २८ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २९ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर ०८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ०९ मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ५० मिनेटदेखी बेलुकी ६ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो ०१ बजेर ०८ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु ने उचित हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार,प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । तरपनि ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा समय व्यातित हुनेछ । कर्मसिद्धिको समय छ । सन्तान पक्षबाट सहयोग हुनेछ भने बंश बृद्धिको योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । तरपनि कृषि,पशुपालन तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमुखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया