भाेलीकाे सचिवालय बैठक राेक्न बालुवाटारमा पाँच भाइकाे कस्ताे ‘खिचडी’ पाक्दैछ ?

काठमाडौं । भोली बस्ने नेकपा सचिवालय बैठक स्थगन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद र सहमति गर्न अनुरोध गर्दै खुमलटार पुगेका नेकपा महासचिवलाई प्रचण्डले उल्टै बैठकको तयारी गर्न निर्देशन दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षधरको बैठक बसिरहेको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पक्षधर भोलीको सचिवालय बैठक कुनैपनि हालतमा नरोक्ने मनस्थितिमा पुगेपछि ओली पक्षधरहरु अब कसरी अगाडी बढ्ने भन्ने विषयमा थप रणनीति बनाउन बालुवाटारमा भेला भएका हुन् ।

अहिले बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री समेत रहेका सचिबालय सदस्य इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र संसदीय दलका उपनेता सुवासचन्द्र नेङ्वाङ भेला भएका छन् ।

ओठी पक्षको गुटले भोली बस्ने नेकपाको सचिबालय बैठक कसरी रोक्ने तथा बैठक रोक्न नसकिए कुन रणनीति लिएर अगाडी बढ्ने छलफल गरीरहेको बालुवाटार श्रोतले बतायो । ओली पक्षले सचिवालयमा प्रचण्ड पक्षले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठक बस्न नसक्ने बताइरहेका छन् । प्रचण्डले कार्तिक २८ गतेको सतिवालयमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एक दर्जन आरोप लगाउँदै १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

ओली पक्षले प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिए नेकपा फुटको विन्दुमा पुग्ने बताइरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दवाद दिइरहेपछि प्रचण्ड, माधब नेपाल, झलनाथ तथा बामदेव गौतम कुनैपनि हालतमा प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

यसअघि आज विहान केपी ओलीको पक्षबाट कार्यकारी अध्यक्ष प्रचण्डसँग राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गर्दै महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार गएका थिए ।

बालुवाटारमा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा बस्दा प्रचण्डले आजै आफ्ना पक्षका सचिवालय सदस्यहरुसँग पनि छलफल चलाएका थिए ।

प्रतिक्रिया