प्रधानमन्त्रीको मंसिर ५ गते ताप्लेजुङ भ्रमण कार्यक्रम स्थगन

काठमाडौं । मंसिर ५ गते ताप्लेजुङ जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण स्थगित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने प्रधानमन्त्रीको कार्यक्रम कार्यक्रम स्थगित भएको हो ।

मङ्सिर ५ गते शुक्रबार बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी थियो । तर, आजै प्रधानमन्त्री सतिवालयबाट कार्यक्रम स्थगन भएको सूचना आएको उनले बताए ।

प्रधानमन्त्री ओलीको भ्रमण कार्यतालिकामा जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटन गर्ने थियो ।

प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेको अवस्थामा प्रधानमन्त्रीको भ्रमण रोकिँदा स्थानीयलाई आहत भएको छ ।

बालुवाटार श्रोतका अनुसार पार्टीभित्र उत्पन्न पछिल्लो विवाद र ३ गते बस्ने भनिएको सचिबालय बैठकबाट आउने निर्णय पछि पुनः ताप्लेजुङको भ्रमण तालिका तयार हुने छ ।

प्रतिक्रिया