मोरङकी ७५ वर्षीया संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङका ७५ वर्षीया संक्रमितको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनमा कार्तिक २८ गते कोरोना देखिएको थियो । सोहि दिन कोभिड अस्पताल भर्ना गरिएको थियो । मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया