नितिश कुमार भए बिहारको सातौं पटक मुख्यमन्त्री

नयाँदिल्ली । नितिश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । बिहारको विकासको शुत्रधारका रुपमा नितिश कुमारलाई लिइन्छ । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

नितिश कुमार सन् २००५–२००९, २०१०–२०१४, २०१५, फरवरी–नोभेम्बर, २०१५–२०१७, २०१७–२०२० सम्म यस अघि मुख्यमन्त्री भएका थिए ।

नितिश कुमारको जन्म हरमनतमा एक कुर्मी परिवार भएको थियो । उनको बुबा स्वतन्त्रता सेनानी थिए । नितिश कुमारलाई आधुनिक बिहारका संस्थापकका रुपमा लिइन्छ । उनले बिहार कलेज अफ इन्जिनियरिङ बाट इलेक्ट्रिक इन्जिनियरिङमा डिग्री हासिल गरेका छन् ।

प्रतिक्रिया