कोरोना अपडेटः ४८३२ नमुना परीक्षण गर्दा ११९७ मा संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मुलुकमा १२३० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया