तिहारको मैनवतीबाट घरमा आगलागी, सात वर्षीया बालिकाको मृत्यु
२०७७ मंसिर १ गते

फाइल तस्विर
झापा । तिहारमा बालेको मैनबतीबाट घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिका-२ थापागाउँमा एक बालिकाको ज्यान गएको छ ।
स्थानीय ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति ९ बजे परियारको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको हो ।
आगोले ग्याँस सिलिण्डर पड्किँदा घरभित्र रहेकी बालिकाको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले जानकारी दिए । आगोले घर पूरै नष्ट भएको छ । –रासस
२०७७ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित









