नेशन्स लिगः नेदरल्याण्डस, वेल्स र इटाली विजयी

काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् ।

समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले बोस्निया-हर्जगोविनालाई ३-१ ले हरायो । नेदरल्याण्डसका लागि जर्जिनिओ विनालडमले दुई र मेमफिस डिपेले एक गोल गरे । बोजनियाका लागि प्रेभ्ल्जाकले एक गोल फर्काए ।

सोही समूहको अर्को खेलमा इटालीले पोल्याण्डलाई २-० ले हराउन सफल भयो । इटालीका लागि जोर्गिन्हो र बेरार्डीले एक-एक गोल गरे । जितपछि ९ अंकसहित इटाली समूहको शीर्ष स्थानमा तथा नेदरल्याण्डस ८ अंकसहित दोस्रो स्थानमा छन् । पोल्याण्ड सात अंकसहित तेस्रो स्थानमा छ ।समूह बी फोर अन्तर्गतको खेलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको छ । वेल्सका लागि ग्यारेथ बेलको सहयोगमा ब्रूक्सले गोल गरे ।

नेशन्स लिग अन्तर्गत आइतबार राति भएका अन्य खेलमा स्लोभाकियाले स्कटल्याण्डलाई १-०, अर्मेनियाले जर्जियालाई २-१, अल्बानियालो काजखस्तानलाई ३-१ ले हराए ।

त्यसैगरी बेलारुसले लिथुवानियामाथि २-०, टर्कीले रुसमाथि ३-२, फिनल्याण्डले बुल्गेरियामाथि २-१, ग्रिसले माल्डोभामाथि २-० र स्लोभेनियाले कोशोभोमाथि २-१ को जित निकाले । -एजेन्सी

प्रतिक्रिया