बीपी प्रतिष्ठानमा झापाका ८० वर्षीय कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक ३० गते

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका ८० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
२९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको ३० गते अपरान्ह साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठाले जानकारी दिए ।
ती पुरुषमा लामो समयदेखि दीर्घ रोगको समस्या पनि रहेको डा. श्रेष्ठले जानकारी दिए ।
२०७७ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित









