एनएनआइपीए स्पोर्ट्स अवार्डमा स्काई ब्रान्ड नेपाल आवद्ध

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले आयोजना गर्दै आएको एनएनआइपीए स्पोर्टस अवार्डमा स्काई ब्रान्ड नेपाल आवद्ध भएको छ। अवार्डमा यसपटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्डलाई स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने भएको हो।

थापाथलीस्थित ब्लू बर्ड मलमा १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी, उसुकी निमा घर्ती मगर, रजत पदक विजेता टोली भलिबलकी रेश्मा भण्डारी, रजत पदक विजेता फुटबलकी अनिता बस्नेत र ब्याडमिन्टनकी रसिला महर्जनले स्काई ब्रान्डको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

एनएनआइपीए स्पोर्टस अवार्डमा राइजिङ प्लेयर अवार्डबाट एक महिला र एक पुरुषलाई सम्मान गरिनेछ। सम्मानित खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया