बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गरौँ : वर्षमान पुन

काठमाडौँ । उर्जा मन्त्री वर्षमान पुन अनन्तले पार्टी सचिवालय बैठकले नयाँ बहसको सुरुवात भएको बताएका छन् ।

मन्त्री पुनले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको बताएका हुन् ।

उनले पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात् गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरूमा अनुरोध समेत गरेका छन् ।

उनले पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन नसक्ने टिप्पणीसमेत गरेका छन् ।

‘पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहस को सुरुवात भएको छ । पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीव्र वेगको नदी जस्तो हो । पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन सक्दैन । पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात् गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरूमा हार्दिक अनुरोध गर्दछु’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रतिक्रिया