वीपी प्रतिष्ठानमा सप्तरीका ४० वर्षिय पुरुषको मृत्यु

धरान । गएराती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमलापुर १ सप्तरीका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रतिष्ठानमा सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनी कोरोना पोजेटिभ भएर कार्तिक २० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनको गएराती १ः३० बजे कोभिड अस्पतालमा मृत्यु भएको हो ।

शवको नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया