चार महिना पछि सुनिलबहादुर थापा सह–महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसले सुनिलकुमार थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ । हिजो शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राप्रपा परित्याग गरी पार्टी प्रवेश गरेका थापालाई सहमहामन्त्रीमा मनोनित गरेको हो ।

धनकुटाबाट राजनीति गर्ने पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापाले राप्रपाले बुबाको लिगेसी समाप्त पारेकाले पार्टी परिवर्तन गरेको बताएका थिए । उनलाई कांग्रेस सभापति शेर बहादुर देउवाको जोडमा पार्टी प्रवेश गराईएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा थापालाई सहमहामन्त्री र थापासँगै कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय समिति र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको उल्लेख छ ।

कांग्रेसले रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टीएन योगी (ललितपुर) लाई केन्द्रीय समिति र आशाराम चौधरी (कैलाली), दिलीप राई (झापा) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मानोनित गरेको छ ।

नेता थापा राप्रपाका असन्तुष्ट १६ जना केन्द्रीय सदस्यससिहत कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको करब ४ महिनापछि कांग्रेस थापालाई सह–महामन्त्रीको जिम्मेवारी दिएको हो ।

त्यस्तै कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको छ ।

पार्टीको आगामी फागुनमा हुने भनिएको महाधिवेशनका विषयमा क्रियाशील सदस्यता आइसकेपछिको बैठकबाट तय गरिने भनिएको छ । कोरोना संक्रमणका कारण फागुनमा महाधिवेशन हुने अनिश्चित छ । पार्टी सभापति देउवाले कांग्रेसको विधान अनुसार महाधिवेशन ६ महिना सार्नसक्ने प्रावधान छ ।

प्रतिक्रिया