कार्तिक २९ गते शनिबारकाे पञ्चाङ्ग तथा राशिफल (भिडियाे सहित)

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी, १८ घडी २९ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त औशी । नक्षत्र–स्वाती,३६ घडी ११ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रान्त विशाखा । योग–आयुष्मान । करण– शकुनि,दिउसो ०१ बजेर ४९ मिनेट उप्रान्त चतुष्पद,रातको १२ बजेर ३७ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५३ पला । यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि बार्ने औंसी।

आजको बार बेला ।  
बिहान ०६ बजेर २५ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर २६ मिनेटदेखी बिहान ७ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ४६ मिनेटदेखी बिहान ९ बजेर ०६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ०७ मिनेटदेखी बिहान १० बजेर २७ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २८ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ०९ मिनेटदेखी दिउसो २ बजेर २९ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखी दिउसो ३ बजेर ५० मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ५१ मिनेटदेखी बेलुकी ६ बजेर ५०  मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ०९ बजेर ०६ मिनेटदेखी बिहान १० बजेर २६ मिनेटसम्म रहने ।
राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिष्पर्धीहरु आफै किनारा लाग्नेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरि तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिष्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा व्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समस्या र उल्झन सुल्झाउने महत्वपुर्ण आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेकोछ । खानपीन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछि हट्नु नै राम्रो हुनेछ । धन तथा सम्पती सापटीको रुपमा कसैलाई नदिनुहोला,फिर्ता हुन गाह्रो रहेकोछ । नयाँ कामको लागि समय मध्ययम रहेकोछ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । घरपरिवार तथा कुटुम्बसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न, औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दि आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दिको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागि थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् । प्रेममा मनमुटाव बढ्ने तथा जीवन साथीसँग अबिस्वास बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापारमा सामान्य गतिमा बढ्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानि गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशंङ्गमा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  सरकारि पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
तपाईँको दिन शुभ रहोस्  ।
ज्यो.डिपी उपाध्याय ।
https://youtu.be/u-lxvA1e9ss
प्रतिक्रिया