मैत्रीपूर्ण फुटवलमा बंगलादेशसँग नेपाल २–० ले पराजित

काठमाडौं । नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटवलमा नेपाल पराजित भएको छ । बंगलादेशको राष्ट्रिय टीमले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडी परेको नेपालले दोस्रो हाफको ७९ औं मिनेटमा दोस्रो गोल खायो । बंगलादेशका लागि दोस्रो गोल महबुबुर रहमानले गरे । आजको खेलमा नेपाली टिममा स्ट्राइकरको कमी थियो ।

दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले अर्को खेल मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ ।

नेपाल र बंगलादेशबीच आजको खेल सहित अहिलेसम्म २४ पटक प्रतिस्पर्धा भएकोमा नेपालले ७ खेलमा तीन निकालेको छ । १४ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया