नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटवलमा नवयुग श्रेष्ठ एक्ला फरवार्ड (लाईभ)

काठमाडौं । मैत्रीपूर्ण फुटवल खेल्न बंगलादेश पुगेको नेपाली फुटवल टीमले अहिले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलिरहेको छ ।

खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडी परेको स्थिति छ । खेलको दशौं मिनेटमा बंगलादेशका मोहमद नबिबले गोल गरेका छन्

बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन् ।
टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन् । मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन् ।

नवयुग श्रेष्ठले एक्लो फरवार्डको रूपमा खेल्दैछन् ।

दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले अर्को खेल मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएकोमा नेपालले ७ खेलमा तीन निकालेको छ । १३ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् ।

https://youtu.be/saGfD9pFFY4

 

 

प्रतिक्रिया