प्रदेश १ मा थपिए १८९ सङ्क्रमित, ६६२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका नयाँ सङ्क्रमित मोरङका ७०, झापाका ६०, सुनसरीका ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरका २–२, इलाम, ते¥हथुम र भोजपुरका १–१ र प्रदेश १ बाहिरका ९ जना छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, ते¥हथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होम आईसोलेसनबाट ५७८, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड–१९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र काली सदन आईसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २–२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना छन् । प्रदेश १ मा १६ हजार ४१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया