खेलका लागि बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना पुष्टि

काठमाडाैं । मैत्रीपूर्ण खेलका लागि बंगलादेशकाे राजधानी ढाका पुगेका नेपाली फुटबल टीमका एक जना खेलाडीलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ ।

ढाकामा बुधबार गरिएकाे काेराेना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा काेराेना पुष्टि भएकाे हाे । अन्य खेलाडीकाे भने काेराेना रिपाेर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका खेलाडीलाई भने अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले अब उक्त खेल खेल्न पाउने छैनन् । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे एन्फाले जनाएकाे छ ।

नेपाली खेलाडीहरूकाे बंगलादेश जानुअघि नेपालमै पनि पीसीआर परीक्षण गरिएकाे थियाे । यहाँ गरिएकाे परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएको थियो । यहाँबाट प्रस्थान गरकाे टाेली बंगलादेशमा क्वारेन्टिनमा बसेकाे थियाे । एक हप्ताकाे क्वारेन्टिन बसाइँपछि पीसीआर परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मंसिर २ गते खेल्ने तय भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा रहेका छन् । नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

प्रतिक्रिया