भाल्भर्डेकाे खुट्टा भाँच्चिदा उरूग्वेलाइ घाटा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेको खुट्टा भाँच्चिएको छ । सोमबार रियलले विज्ञप्ति जारी गर्दै उरुग्वेका स्टार भाल्भेर्डेको खुट्टा भाँच्चिएको जानकारी दिएकाे छ ।

रियलले मेडिकल रिपोर्ट सार्वजनिक गर्दै भाल्भर्डेको दाहिने खुट्टाको हड्डी भाँचिएको जनाएको छ ।

आइतबार राति भएको भ्यालेन्सियासँगको खेलका क्रममा घाइते भएका उनले गम्भीर चोट बोकेका हुन् । भ्यालेन्सियाको मैदानमा भएको खेलमा रियलले ४–१ गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।

सो खेलको ७६औं मिनेटमा उनले चोट बोक्दै मैदान छोडेपछि टोनी क्रुस मैदान प्रवेश गरेका थिए ।

२२ वर्षीय मिडफिल्डरले अब लामो समयसम्म मैदानबाहिर रहनुपर्ने आँकलन गरिएको छ । तथापि, भाल्भेर्डेले कति समय मैदानबाहिर बिताउनुपर्ने भन्ने विषयमा रियलले खुलाएको छैन ।

यससँगै उनले विश्वकप छनौटअन्तर्गत कोलम्बिया र ब्राजिलसँगको खेल गुमाउने भएका छन् । उरुग्वेले शुक्रबार कोलम्बियासँग खेल्दैछ भने त्यसको चार दिनपछि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया