राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ लिम्बुको कोरोनाका कारण मृत्यु

सुनसरी । धरान–१८ निवासी राष्ट्रिय सभाका पुर्व सांसद, राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ ।
९२ बर्षीय पुर्वसांसद लिम्बुको आज बिहान कोरोना संक्रमणबाट निधन भएकोे पारिवारिक स्रोतले जनाएको छ ।
कोरोना संक्रमण भएका लिम्बुको होम आइसोलेसनमा निधन भएको हो । धरान वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले पूर्व राष्ट्रिय सभाका सांसद लिम्बुकोे निधन भएको र अहिले शव ब्यवस्थापनको काम भइरहेको बताए ।
लिम्बु स्वर्गीय गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय सभा सदस्य भएका थिए ।
नेपाली कांग्रेसबाट राजनीतिमा लागेका लिम्बु राष्ट्रिय जनमुक्ति पार्टी, माओवादी हुदै पनि भएका थिए । तर, जिवनको उत्तरार्धमा उनी कांग्रेसमा फर्किएका थिए । लिम्बुलाई धरानमा समाजसेवी सँगै पुराना राजनीतिज्ञका रुपमा लिइने गरिन्थ्यो ।
उनको १९८५ साल फागुन १३ गते जन्म भएको थियो ।









