लाखेलाई बधाई

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाई दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखेको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, कार्यक्रमका संयोजक एवं १३ औं सागअन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, खेलाडी, प्रशिक्षकलगायतले लाखेलाई खादा लगार्इदिनुका साथै मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा टोकियो ओलम्पिकका लागि प्रशिक्षणमा रहेका कराते खेलाडी नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई शुभकामना दिँदै ट्रयाकसुट प्रदान गरिएको थियो ।

प्रतिक्रिया