अरुण तेस्रोको अनुगमनमा पुगेका प्रधानमन्त्री फर्किए काठमाडाैं

काठमाडाैं । आज (बुधबार) बिहान मकालु गाउँपालिका–५ काे किमाथांकामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका लागि संखुवासभा पुगेका प्रधानमन्त्री केपी शर्मा काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्रीकाे साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत पनि अनुगमनमा गएका थिए ।  प्रमलाई त्यहाँ रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियाे । अनुगमनका क्रममा प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए ।

अरुण तेस्रोको अहिले भारतीय कम्पनीले निर्माण गरिरहेको छ । योजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया