खुर्सानीकाे बाेराभित्र पटाका र विस्फाेटक पदार्थ

बारा । प्रहरीले पटाकाको बहानामा विष्फोटक पदार्थ ओसार पसार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना७ख ६०४१ नम्बरकाे यात्रु बाहक बसमा विष्फोटक पदार्थ सहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ५ स्थित जिल्ला बारा फेटा गाँउपालिका वडा नं.१ त्रिवेणी वस्ने वर्ष २८ को लालबाबु दास र सोहि स्थान बस्ने वर्ष २७ को कन्हैया दास छन् ।
पक्राउ परेकाहरूले बसको पछाडीको डिक्की भित्र खुर्सानी भएको बोरा भित्र लुकाई छिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेँलो पदार्थ १ किलो ५०० ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका दुई जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।








