परीक्षा अगाडि नै कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्ताङ्क पठाउन निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क परीक्षा अगाडि नै पठाउन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो ।

२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ ।

उक्त कार्यविधिअनुसार आन्तरिक मूल्यांकन मंसिर ८ गतेसम्म पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । कक्षा १२ को प्राप्ताङक राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सकिनेछ । बोर्डका अनुसार शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले प्राप्त अंक तोकिएको ढाँचामा कार्यालय​मा पठाउनु पर्नेछ ।

थप जानकारी बोर्डको वेवसाइट www.neb.gov.np बाट लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले परीक्षा अगाडि नै मूल्यांकनको प्राप्ताङ्क पठाउन भनेको हो । कक्षा १२ को लिखित परीक्षा मंसिर ९ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया