फेसबुकमा ‘सुसाइड नाेट’ लेखेर बेपत्ता भएका चिकित्सक काभ्रेमा भेटिए

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नाेट’ लेखेर बेपत्ता भएका एक चिकित्सक काभ्रेमा भेटिएका छन् ।

भक्तपुरको ‘द डेन्टल सिटी’ अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा सामाजिक सञ्जालमा सुसाइड नाेट लेखेर आज (मंगलबार) बिहानैदेखि बेपत्ता भएका थिए । सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । उनकाे परिवार प्रहरी सम्पर्कमा पुगेपछि प्रहरीले खाेजी जारी राखेकाे थियाे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ । बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइलको अन्तिम लोकेशन काभ्रेको पनौतीमा देखिएको थियाे । काभ्रेको ५५ किलोबाट प्रहरीले उनलाई सकुशल फेला पारेको हो ।

प्रतिक्रिया