कर्तव्य ज्यानका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जल्ला अदालत काठमाडाैंले कैद ताेकेकाे फरार प्रतिवादीलाई महानगरी प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
झापाकाे मेचीनगर नगरपालिका-७ आर्यावारी घर भएका हरि गिरी, सनोज गिरी भनिने राम कुमार गिरीलाई अपराध महाशाखाले पक्राउ गरेको हो । ३३ वर्षीय गिरीलाई हत्यामा संलग्न रहेको १६ वर्षपछि पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।
०६१ माघमा जिल्ला चितवन कठार गा.वि.स.वडा नम्बर- ४ घर भइ का.जि.रानिबारी डेरा गरी बस्ने वर्ष १८ को जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको निहुँमा सामाखुशीमा जीवन लोहनीको कर्तव्य गरी हत्या गरेको अभियोगमा अदालते उनलाइ कैद सजाय हुने फैसला गरेको थियो ।
हत्यापछि गिरी फरार थिए । फरार गिरीलाई प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट पक्राउ गरि जिल्ला अदालत काठमाडाैंमा उपस्थित गराएको छ ।








