उदयपुरका ४२ वर्षिय पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु
२०७७ कार्तिक २५ गते

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड अस्पताल ।
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । उदयपुर २ चौदण्डीगढीका ४२ वर्षिय पुरुषको कोरोना उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कार्तिक १४ गते प्रतिष्ठानमा भर्ना भएका उनलाई कार्तिक १६ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।
उनको गएराती १२ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । शवको नियमानुसार व्यवस्थापन भइरहेको छ ।
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित









