महासंघसँग सञ्चारमन्त्रीको आग्रह–‘मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान संशोधन होस्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

मिडिया एक्सन नेपालले काठमाडौंको अयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेको मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् । यस्तै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको पनि बताएका थिए ।

पत्रकार बन्न निश्चित योग्यता जरुर हुनुपर्ने विचार राखेका मन्त्री गुरुङले भनेका छन्, ‘यो पनि जानकारी गराउन चाहान्छु कि सञ्चार कानूनमा अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’

मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले सञ्चार क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताएका थिए ।

प्रतिक्रिया