प्रधानमन्त्रीद्वारा महागुरू फाल्गुनन्दप्रति सम्मान

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सम्मान व्यक्त गरेका हुन् ।

साथै प्रम ओलीले उनकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव सबैमा वृद्धि होस् भन्ने कामना गरेका छन् ।

उनले लेखेका छन्-  ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको वि.सं. २००५ सालमा निधन भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेकाे भन्दै सरकारले उनलाई  २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया