स्नातक तहका परीक्षा फारम छुटेका विद्यार्थीहरूले मङ्सिर ८ गतेसम्म फारम भर्न पाउने

काठमाडौँ । स्नातक तहका परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूले मङ्सिर ८ गतेसम्म फारम भर्न पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै स्नातक तहका नियमित तथा आंशिक परीक्षा दिनको लागि फाराम भर्न छुटेका विद्यार्थीहरूलाई मङ्सिर ८ गतेसम्म फारम भर्न सक्ने व्यवस्था गरेको हो ।

४ वर्षे बीएस्सी, वि.वि.एस र बिएड चौथो वर्षका फारम भर्न छुटेका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुले फाराम भर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर फाराम भर्नुपर्ने छ । परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मितिदेखि सम्बन्धित क्याम्पसले मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फाराम भराई मङ्सिर १० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा आवेदन फाराम बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मितिदेखि नै दोब्बर दस्तुर सहित २०७७ मङ्सिर ०८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७७ मङ्सिर १० गते भित्र आवश्यक प्रक्रिया पुर्‍याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया