प्रिमियर लिग: लिभरपुल र सिटीले बराबरी खेले

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटीले १-१ को बराबरी खेलेका हुन् ।

सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन । खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले केभिन डी ब्रुएनको पासलाई सदुपयोग गरे । दुवै टोलीबाट कुनै थप गोल हुन सकेन ।

यस बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । यससँगै लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिभरपुलले आठ खेलमा १७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । सात खेल खेलेको सिटी भने १२ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया