व्यवसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न मेरो उम्मेदवारी : उपाध्यक्ष ढकाल

बुटबल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफू चुनावी प्रतिबद्धतामा दृढ रहेको बताउँदै व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्न समेत आफ्नो उम्मेदवारी रहेको बताए ।
वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हर-हिसाबले सक्षम र दाबेदार रहेको उनकाे भनाइ छ । आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।
ढकालले भने– ‘आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’








