दोहोरो अंकले बढ्यो शेयर बजार, साढे ३ अर्बको कारोबार

काठमाडौँ । आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढ्को छ । शेयर बजार बढेसँगै कारोबार पनि साढे ३ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज शेयर बजार १२.४९ अंकले बढेको हो । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६४८.५८ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आज १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर किनेबेच हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपियाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख २ हजार ४ सय ८२ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया