सूर्यविनायकका श्रेष्ठकाे घरमा चाेरी, ३ लाख ८८ हजार रूपैयाँ बराबरकाे धनमाल हरायाे

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ आदर्श चोक नजिक बस्ने रामचन्द्र श्रेष्ठको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ६५ हजार समेत गरी करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया