लागु औषधसहित १४ वर्षीय बालक प्रहरी नियन्त्रणमा

विराटनगर । लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ मा इलाका प्रहरी कार्यालय रानीबाट खटिएका टोलीले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

सुनसरी बराहक्षेत्र नगरपालिका-२ घर भई हाल विराटचौक बस्ने १४ वर्षीय डम्बर कुमारलाई चेकजाँच जर्दा लागुऔषध फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट एभिल–७, लुपिजेसिक–७, फेनारगन–६, डाइजेपाम–६ गरी २६ एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । प्रवक्ता राईका अनुसार उनलाई कसैले भरिया बनाएर लागुऔषध बोकाएको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया