वीपी प्रतिष्ठानले ७५ जना स्टाफ नर्स पदपुर्ति गर्यो (नामावली सहित)

धरान । कोरोना अस्पताल र विभागका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्टाफ नर्स पदपुर्ति गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मौखिक अन्तरवार्ताबाटै स्टाफ नर्स लिने तयारी गरेपछि पहिलो पटक स्टाफ नर्स भर्ना प्रक्रिया स्थगित भएको थियो ।

प्रतिष्ठानले भदाै ४ गते देखि २२ गते सम्म लिएकाे माैखिक परीक्षा रद्द गरेकाे थियाे । पछि कात्तिक १३ गते  पुनः सूचना प्रकाशित गरी प्रतिष्ठानले लिखित र मौखिक दुवै तवरले स्टाफ नर्स भर्ना गर्ने प्रक्रिया चालेको थियो ।

बिहिबारदेखि शनिबार सम्म चलेको अन्तरवार्ताबाट ७५ जनालाई छनौट गरिएको प्रतिष्ठानले जनाएको छ । कार्तिक १८ गते भएको लिखित परीक्षामा २ सय १८ जनाले नाम निकालेका थिए । जसमा अन्तिम प्रक्रियामा ५ जना अनुपस्थित भएका थिए । प्रतिष्ठानले शनिबार २१३ जनाबाट ७५ जना स्टाफ नर्स पदपुर्तिको नजिता निकालेको प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मीले बताए ।

छनौट भएका ७५ जना बाहेक अन्यलाई प्रतीक्षा सूचिमा राखिएको छ । स्टाफ नर्स छनौट प्रक्रियामा सहभागी उम्मेद्वारलाई रजिस्ट्रार डा. रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साह, नर्सिङ चिफ तारा साह र मेट्रोन गायत्री राईले अन्तर्वार्ता लिएका थिए ।

यसअघि लिखित परीक्षामा ४ सय ८९ जना सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले कोभिड अस्पतालका लागि लिएको स्टाफ नर्स भर्ना प्रक्रिया विवादित भएको थियो । उपकुलपतिले लिखित अन्तरवार्ता नदिइकन मौखिक अन्तरवार्ता मार्फत स्टाफ नर्स नियुक्त गर्न खोजेपछि चौतर्फी विवाद भएको थियो ।

त्यसमाथि स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको भन्दै सार्वजनिक भएपछि विवाद झनै बढेको थियो ।

सरकारी संस्थाले पदपूर्तिका लागि विज्ञापन खुलाए पश्चात परीक्षा समिति गठन गरी लिखित परीक्षा संचालन गर्नुपर्ने र लिखित परीक्षामा उर्तिण भएका उमेद्वारलाई मौखिक परीक्षामा सामेल गराई छनोट गर्नुपर्ने लोकसेवा आयोगको प्रावधान छ । तर, प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा लिखित परीक्षा नै सञ्चालन नगरी फाराम भरेका उमेद्वारलाई मौखिक परीक्षा मात्र लिएको थियो ।

चाैतर्फी दवाद झेल्न नसकेपछि प्रतिष्ठानले कार्तिक ६ गते सूचना प्रकाशित गरेरै अघिल्लाे पदपुर्ति प्रक्रिया स्थगित भएकाे जनाउँदै स्टाफ नर्स पदपुर्ति प्रक्रिया लिखित तथा मौखिक दुवै प्रक्रियाबाट अगाडी बढाउने भनेको थियो ।

यी हुन् स्टाफ नर्समा उत्तिर्ण हुनेहरू

 

प्रतिक्रिया