हात्तीको आक्रमणमा माउतेको मृत्यु

चितवन। चितवनमा हात्तीको आक्रमणमा परि माउतेको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको पालुवा हात्तीको आक्रमणले सोही हात्तीको माउते हंसराज कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा माउतेलाई आफैले चलाउने हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट रौतहट जिल्ला चन्द्रपुर घर भई हाल सौराहामा बस्दै आएका ३६ वर्षीय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया