बार्सिलोनाको आक्रमण लाइनमा किन अस्थिर छन् प्रशिक्षक ?

एजेन्सी । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले अगस्टदेखि नै अलग अलग आक्रमण जोडीलाई प्रयोग गरेका छन् । लिओनल मेस्सीलाई कहिले अगाडि, कहिले फरवार्डको पछाडि वा दायाँ विङ्सको भूमिकामा प्रयोग गरेका छन् ।

अन्सु फातीलाई बायाँ विङ्स वा फरवार्डको पूरकका रुपमा प्रयोग गर्दा पेन्द्रीलाई दाया, बायाँ विङ्स वा नं १० मा प्रयोेग गरेका छन् । त्यस्तै एन्टोइन ग्रिजमनलाई कहिले फरवार्ड वा कहिले दायाँ विङ्सबाट खेलाउँदै आएका छन् । यो सबै प्रयोगको अर्थ उनले जसरी पनि टोलीबाट राम्रो प्रदर्शन गराउनु नै हो ।

कोम्यानको नेतृत्वमा बार्सिलोनाले यो सिजन ९ खेल खेलेको छ । जसमा ५ खेलमात्र जितेको छ । तर, नतिजा जस्तो भएपनि ४–२–३–१ संरचना मै उनले टोलीलाई खेलाउने भने लगभग पक्का छ । रक्षापंक्तिमा भने उनले थोरै मात्र प्रयोग गरेका छन् ।

नेल्सन सेमेडो क्लबबाट बाहिरिएका छन् भने सर्जियानो डेस्ट यहि सिजन क्लबमा आएका हुन् । सर्जियो बुस्केट र फ्रेन्की डि जोङ दोहोरो भूमिकामा हुन्छन् । ४ वटा पोजिसनका लागि कोम्यानसँग नयाँ आएका पेन्द्री र फ्रान्सिस्को ट्रिन्काओसहित आठ खेलाडी छन् । तर त्यसमा वास्तविक नं ९ खेलाडी भने छैनन् । जसमा यसअघि लुइस स्वारेज थिए ।

वास्तविक फरवार्ड नभएका कारण बार्सिलोनाले विङ्समा र आक्रमणमा विभिन्न विकल्पको प्रयोग गरिरहेको छ । त्यसले टोलीको एकरुपताको प्रदर्शनमा असर गरिरहेको छ । बार्सिलोनाको धेरै जसो खेल मेस्सीको वरिपरि घुमिरहेको हुन्छ । उनका कारण अन्य खेलाडीले खेल्नका लागि ठाँउ पाइरहेका हुन्छन् । मेस्सी मात्र होइन अन्य खेलाडीले पनि फरक–फरक भूमिकामा खेलको सुरुवात गर्नुपरेको छ ।

बायाँ विङ्सबाट सुरु गरेपनि चोटग्रस्त फिलिपे काउटिन्होको अनुपस्थितिमा फरवार्डमा पनि जानुपर्ने हुन्छ । फाती बायाँ विङ्सबाट खेले पनि आक्रमणमा जानुपर्ने अवस्था छ । पेन्द्री दुवै विङ्सबाट खेल्न सक्छन् ।

ओसमाने डेम्बेले विशेषत दायाँ विङ्समा खेल्ने भएपनि आवश्यकतामा बायाँबाट पनि खेल्न सक्छन् । ट्रिन्को भने एउटै पोजिसन दायाँ विङ्समा खेल्दछन् । अहिले पनि बार्सिलोनको सुरुवाती ११ को बारेमा यकिन भन्न सकिन्न । अहिले पनि हरेक पोसिजनका लागि उत्तम विकल्प को हुन् भन्ने निष्कर्षमा कोम्यान पुगिसकेको देखिन्न ।

प्रतिक्रिया