नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोगको दाबी भुक्तानी

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दाबी भुक्तानी गरिएको छ । बीमित राईलाई घातक रोग बीमा गरे बापतको बीमा रकम रु. ५ लाख बराबरको चेक कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले हस्तान्तरण गरेका हुन् ।

बीमित राईले २०१९–०४–१० मा ५० वर्षको उमेर घातक रोग रु.५ लाखको बीमा गरे बापत वार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए ।

वार्षिक २ किस्ता तिरिसकेका बिमित राईलाई एक्कासि घाँटीमा Nasopharynx को क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिपोट पूर्णरुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे बापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए ।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफू र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे ।
रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया