पछिल्लो २४ घण्टामा कोरोना : थप १७ जना बिते, संक्रमित कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टाको अवधिमा थप १७ जनाको निधन भएको छ । योसँगै देशभर कोरोनाकै कारण निधन हुनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय ६ सय जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको नयाँ विवरणसँगै देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया